जनता टाइम्स

२१ माघ २०७६, मंगलवार १८:०४

चार एसपीको काज सरुवा, चितवनमा गुरुङ, गंगा पन्तलाई पठाइयो पर्सा


काठमाडौं, माघ २१ । प्रहरी प्रधान कार्यालयले चार जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले आज चार जना एसपीको काज सरुवा गर्नुभएको हो ।

आइजीपी खनालले यसअघि चितवनमा सरुवा भएर पनि जान नपाउनु भएकी एसपी गंगा पन्तलाई पर्सा पठाउनु भएको छ भने चितवनमा नान्तीराज गुरुङ चितवन, सोमेन्द्र सिंह राठौरलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी र काठमाडौंका एसपी अशोक सिंहलाई प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखामा सरुवा गरिएको छ । अर्को साता अवकासमा जान लागेका खनालले जानुअघि काज सरुवा गर्नुभएको हो ।