जनता टाइम्स

२१ माघ २०७६, मंगलवार २०:२०

प्रधानमन्त्री ओलीले बासुरी र पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल-माधव नेपालले सारंगी रेटेपछि…


काठमाडौं, माघ २२

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ भने विरलै देख्न पाइने दृश्य देखिएको छ । सधै राजनीतिको केन्द्र बन्ने बालुवाटार मंगलबार साँझ भने संगितमय भएको छ ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा सारंगी साँझको आयोजना भएको थियो । कार्यक्रममा नेकपाका सचिवालय सदस्य र मन्त्रीहरुलाई आमन्त्रण गरिएको थियो । सांगितिक कार्यक्रम चलिरहेका बेला अर्को दुर्लभ दृश्य देखियो ।

जब प्रधानमन्त्री केपी शर्मा ओलीले बासुरी बजाउनु भयो । उहासँगै दाहिने र दे्रेबे पट्टी बसेर वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालले सारंगी रेटेपछि माहौल एकएक तातेको थियो ।