जनता टाइम्स

२२ माघ २०७६, बुधबार १२:१९

डेब्युमै सुशनको लोभलाग्दो प्रर्दशन


काठमाडौं, माघ २२

आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजको ओमानविरुद्ध खेलमा डेब्यु गरेका नेपाली युवा खेलाडी सुशन भारीले लोभलाग्दो प्रर्दशन गरेका छन् । किर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा उनले तीन विकेट लिए ।

१९ ओभर बलिङ गर्न आएका सुशनले ओभरको चौथो र अन्तिम बलमा दुई विकेट लिएका हुन् । सुशनले चौथो बलमा ओमानका कप्तान जिशन मक्सोदलाई एलबीडब्लु आउट गराएका हुन् । उनि २० रनमा आउट भए । त्यस्तै अन्तिम बलमा उनले सुरज कुमारलाई क्याच आउट गराए । नेपाली मुलका सुरज रन नै नबनाई डक आउट भए ।

यसैगरी ओमानका छैटौं विकेटको रुपमा सन्दीप गउदलाई उनले आउट बनाए । ३३ रन बनाएका गउदलाई सुशनले आउट गराउन सफल भए । सुशनले समग्रमा १० ओभरमा केवल १४ रन खर्चेर तीन महत्वपूर्ण विकेट लिए ।