काठमाडौं, माघ २३
काठमाडौँ महानगरपालिका–१४ कलंकीस्थित अन्डरपास सडकमा आज बिहान भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा मोटरसाइकल चालक रौतहट कथहरिया गाउँपालिका–४ निवासी १९ वर्षीय राकेशकुमार चौधरी र सोही मोटरसाइकलमा सवार सोही गाउँपालिका–७ का २४ वर्षीय मुन्ना चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकललाई टिप्परले ठक्कर दिएको र उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्