जनता टाइम्स

२३ माघ २०७६, बिहीबार २१:३०

कुशवाहा कल्याण समाज सिरहामा भ्रष्टाचार


लहान, १७ माघ । कुशवाहाहरुको संस्था नेपाल कुशवाहा कल्याण समाज सिरहामा भ्रष्टाचार भएको छ । नेपाल कुशवाहा कल्याण समाज सिरहाका वर्तमान अध्यक्ष धनपैत महतोले भ्रष्टाचार बारे सामाजिक सञ्जालमा लेखेपछि यस्तो सार्वजनिक भएको हो ।

अध्यक्ष महतोले नेपाल कुशवाहा कल्याण समाज सिरहाको आफूभन्दा अघिल्लो समितिले भ्रष्टाचार गरेको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनले अघिल्लो समितिले कुशवाहा अथिती सदनको नाममा दाताबाट प्राप्त गरेको २० धुर जग्गामा १६ धुर जग्गा मात्र कायम रहेको बताएका छन् ।

दाताबाट प्राप्त जग्गामा ४ धुर जग्गा कम रहेकोमा कसैले विरोध नगरेकोमा असन्तुष्टि जनाएका छन् । यसैगरी उनले अघिल्लो समितिले वर्तमान समितिलाई १ लाख ५० हजार ऋण सहित संस्था जिम्मा दिएको समेत सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
कुशवाहा जातिको हकहितको लागि नेपालको कानून मुताबिक दर्ता भएको नेपाल कुशवाहा कल्याण समाजको सिरहा अध्यक्षले यसरी लेखेपछि विवाद सुरु भएको छ । अघिल्लो समितिका धेरै पदाधिकारीहरु वर्तमान समितिमा समेत भएकोले अध्यक्षले लगाएको आरोप वर्तमान समितिका पदाधिकारीमाथि समेत लागेको छ ।

वर्तमान अध्यक्षको टिप्पणी प्रति सामाजिक सञ्जालमा समेत अन्यले दुःख व्यक्त गरेका छन् । अध्यक्ष जस्तो पदमा बस्ने व्यक्तिको लेखाइले पदीय गरिमा कायम गर्न नसकेको टिप्पणी गरेका छन् । तर वर्तमान अध्यक्ष धनपैत महतोले कहाँको अतिथि सदनको जग्गा बारे लेखेको त्यो भने उल्लेख छैन ।