पोखरा, माघ २४ गते । कास्की जिल्लामा बाघको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ । पोखरा महानगरपालिकाको वडा नं. ३२ स्थित कोठेगाउँ घर भएका दिपक वि.क.की छोरी बर्ष ७ की पुजा वि.क.को बाघको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ ।
विहीवार साँझ ७ बजे हराएकी बालिका राति ९ बजे बाघले खाएको अवस्थामा फेला परेको इलाका प्रशासन कार्यालय, लेखनाथका प्रमुख चितराङ्गत बरालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्