जनता टाइम्स

२४ माघ २०७६, शुक्रबार १३:०२

गच्छदारविरुद्ध मुद्दा दायर गरिएको भन्दै काँग्रेसले प्रतिनिधिसभा अवरुद्ध गर्ने


काठमाडौं, माघ २४

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पार्टी उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई मुद्दा दायर गरिएको भन्दै आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गर्ने जनाएको छ । काँग्रेस संसदीय दलको आज बसेको बैठकले प्रचलित कानून र संवैधानिक निकायको निष्पक्षता र स्वतन्त्रता नै कमजोर हुने गरी राजनीतिक पूर्वाग्रह भई नेता गच्छदारविरुद्ध मुद्दा दायर भएको ठहर गरेको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनुभयो ।

साथै प्रतिनिधिसभाको आजको बैठकमा आफ्ना धारणा राखेर बैठक अवरोध गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । उहाँले जग्गा खरिद गरेका व्यक्तिलाई भने उन्मुक्ति दिन खोजेको आरोप लगाउनुभयो । यही माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको जग्गा प्रकरणमा उपसभापति गच्छदारलगायत विभिन्न व्यक्तिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।