जनता टाइम्स

२४ माघ २०७६, शुक्रबार १३:४०

‘महाराज’ को ठगी धन्दा : महायज्ञमा सङ्कलित एक करोड बोकेर फरार


गुल्मी, माघ २४

विजय भण्डारीले महायज्ञमा सङ्कलन भएको एक करोड नगद आफैले बोकेर गएको खुलासा भएको छ । केही महिनाअघि गुल्मीको रिडीमा ‘बाल योगेश्वर महाराजका’ नामले लगाएको महायज्ञको रकम लिएर फरार रहेका छन् । त्यस्तै पेट्रोलियम पदार्थ र खाना, किराना सामाग्री लगायतको उधारो रकमसमेत नतिरेको पाइएको छ ।

भदौ २८ गतेदेखि असोज ११ गतेसम्म रुरु धार्मिक क्षेत्रको प्रचारप्रसार, भौतिक विकासको प्रलोभन देखाउँदै भण्डारीले महायज्ञ लगाएका थिए ।