जनता टाइम्स

२५ माघ २०७६, शनिबार ११:०५

अमेरिकाविरुद्धको खेलमा नेपाली टोली संकटमा


काठमाडौँ, माघ २४

विश्वकप छनौटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ को खेलमा नेपाली टोली संकटमा परेको छ ।

अमेरिकाविरुद्धको खेलमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले ४७ रनमा महत्वपूर्ण चार विकेट गुमाएको छ । पूर्व कप्तान पारस खड्का चौथो विकेटका रुपमा १९ रन बनाउदै आउट भएपछि नेपाली टोली संकटमा परेको हो । यसअघि १७ औँ ओभरको पहिलो बलमा दिपेन्द्रसिंह ऐरी शून्यमै आउट भए । उनले २ बल खेलेका थिए ।

दोस्रो विकेटका रुपमा कप्तान ज्ञानेन्द्र मल्ल पनि आउट भए । ३९ बल खेलेका उनले २१ रन बनाए । नेपालले एक रन जोड्दा अन्तिम तीन विकेट गुमाएको हो ।

यसअघि तेस्रो ओभरमा ओपनर सुवास खकुरेल आउट भएका थिए । १० बल खेलेका उनले तीन रन मात्रै बनाउन सके । अहिले कुशल मल्ल र आरिफ सेख क्रिजमा छन् । १९ ओभरको खेल सकिँदा नेपालले ४८ रन जोडेको छ ।