काठमाडौं, माघ २६
आइसिसी लिग–२ अन्तर्गत आफ्नो तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले ओमानसँग प्रतिष्पर्धा गरिरहेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस हारेर ब्याटिङ गरिरहेको छ ।
यो समाचार तयार पार्दासम्म नेपालले ५ओभर सकिदा विना क्षतिमा १४ रन जोडेको छ । नेपालका लागि आजको खेलको ओपनिङ सुवास खकुरेल र कप्तान ज्ञानेन्द्र मल्लले सम्हालेका छन् ।
नेपालबाट आज कमलसिंह ऐरीले डेब्यु गर्दैछन् । तीब्र बलर कमलले अविनाश बोहोराको स्थान लिने छन् । यसअघि ओमानसँगको पहिलो खेलमा नेपाल १८ रनले पराजित भएको थियो । त्यसैले पनि नेपाललाई आज ओमानसँग बदला लिने अवसर छ।
प्रतिक्रिया दिनुहोस्