काठमाडौं, माघ २६
नेपाल कानुन व्यवसायी परिषद (बार काउन्सिल)को निर्वाचनमा नेकपा समर्थित कानुन व्यवसायीले अधिकाशं ठाउमा विजयी हासिल गरेका छन् । सातमध्ये ४ प्रदेशमा नेकपा समर्थित कानुन व्यवसायी विजयी हुँदा अन्य तीन प्रदेशमा कांग्रेस समर्थित प्रजातान्त्रिक गठबन्धनले जितेको छ ।
सातै प्रदेशमा अलगअलग भएको निर्वाचनमा प्रदेश–१ सहित वागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेकपा समर्थित प्रगतिशील समूहका उम्मेदवारले विजय हासिल गरेका छन् । सबैभन्दा धेरै कानुन व्यवसायी रहेको वागमती प्रदेशमा डा.चन्द्रकान्त ज्ञवाली निर्वाचित हुनु भएको छ ।
डा. ज्ञवालीले १९२० मत प्राप्त गरी विजयी हुँदा कांग्रेस समर्थित प्राध्यापक गुणनीधि न्यौपानेले १५३५ मत ल्याउनु भयो । प्रदेश–१ मा प्रेमप्रसाद कोइराला, कर्णाली प्रदेशमा रामबाबु बीसी र सुदूरपश्चिम प्रदेशमा प्रकाशबहादुर पाण्डेय निर्वाचित हुनु भयो ।
प्रदेश–२ मा कांग्रेस समर्थित श्यामकुमार मिश्र, गण्डकी र प्रदेश–५ मा मुकुन्दराज अर्याल र बाबुराम पाण्डे निर्वाचित हुनु भएको छ । कानुन व्यवसायीहरूको नियामक निकाय बार काउन्सिलको अध्यक्ष महान्यायधिवक्ता हुन्छन् भने उपाध्यक्ष बार एशोसियनका अध्यक्ष हुन्छन् । काउन्सिलमा यसअघि कांग्रेसको बर्चस्व रहँदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्