जनता टाइम्स

२६ माघ २०७६, आईतवार १८:५९

सभामुख सापकोटाले संबिधान संझाइरहे, कांग्रेस सांसदहरु भ्रष्टाचारीको पक्षमा सतिसाल झै उभिरहे


काठमाडौं, माघ २६ । आइतबार संघीय संसदको प्रतिनिधिसभामा अनौठो दृष्य देखियो । संबैधानिक आयोगले अदालतमा दायर गरेको मुद्दाको बिषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु आफ्नो राजनीतिक आदर्शबिपरित संबिधानबिरोधी कुरा गर्दै भ्रष्टाचारीको पक्षमा सतिसाल झै खडा भए ।

संसदको दृष्य देख्दा लाग्थ्यो कांग्रेसले भ्रष्चारीको पक्षमा आफूलाई उभ्याएर तीन दिनदेखि संसद बैठक अवरुद्ध गरी ठुलै बाजी मारिरहेको छ । घटना बिवरणअनुसार आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक केही ढिला गरी सुरू भयो । पौने २ बजेतिर सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय गान समापनसँगै ‘आजको बैठकको कारबाही प्रारम्भ हुन्छ’ भन्न मात्रै भ्याउनु भएको थियो, देशमा ठुलै मुद्दामा सरकारलाई ध्यानाकर्षण गराउने जसरी कांग्रेसका सांसदहरूले एकाएक बसेको ठाउँबाट उठेर विरोध जनाए । प्रमुख प्रतिपक्षी दलका सांसदहरु उभिइरहेपछि सभामुख सापकोटा भन्नुभयो, आजसमेत गरी तीनपटक बैठक अवरूद्ध भएको छ, बैठकलाई जीवन्त, चलायमान र प्रभावकारी बनाउने साझा उद्देश्य हामी सवैको छ, बस्नोस माननीय सदस्यहरु ।’

सभामुखसापकोटाले कांग्रेस सांसदहरुलाई सम्झाउँदै माघ १४ मा आफूलाई सभामुख भएकोमा कांग्रेसले बधाई दिएको दिन सम्झिनुभयो, ‘मलाई बधाई तथा शुभकामना दिँदै गर्दा सबै माननीय सदस्यहरूले, खासगरी प्रतिपक्षी दलका नेताले समेत यो सदन निष्पक्ष होस, समानताको व्यवहार होस भनेर सुझाव दिनुभएको थियो, त्यो सुझाव मैले स्मरण गरिराखेको छु ।’ अवरोधकर्ता सांसदहरुलाई सम्झाउने क्रममा सापकोटाले संविधानको व्यवस्थाबारे पनि ध्यानाकर्षण गराउनु भयो । सभामुख सापकोटाले कांग्रेस संसदीय दलका उaपनेता विजयकुमार गच्छदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको सन्दर्भतर्फ संकेत गर्दै धारा १०५ मा स्पष्ट रूपमा भनेको, अदालतमा विषय प्रवेश गरेकोले संसदबाट निरूपण हुन सक्दैन भन्ने कुरा स्वतः स्पष्ट रहेको बताउनु भयो ।

‘दुई दिनसम्म दलका भनाइ तपाईंहरूले राखिसक्नुभएको छ । एउटा सन्देश पनि गइसकेको छ । मलाई अहिले पनि धेरै माननीय सदस्यहरूले हामी जिल्ला नगएर जनताका कुरा उठाउन बसिरहेका छौं, बोल्ने वातावरण बनाउनुपर्छ भनेर अनुरोध गर्नुभएको छ, यसतर्फ तपाईहरुले पनि सहयोग गर्नुपर्यो ।’ तर कांग्रेस सांसदहरु यति भन्दा पनि आफूहरु भ्रष्टाचारीको पक्षमा सदैव लागिरहने अडान प्रस्तुत गर्दै उभिरहे । सभामुखले कांग्रेस सांसद सम्झाउने क्रममा संवैधानिक आयोगले गरेका कुरामा संसदले निरूपण गर्न नसक्ने तथ्य राख्नुभयो ।

पहिलो कुरा संवैधानिक आयोगले गरेको निर्णय भयो, दोस्रो कुरा अदालतमा गइसकेको विषय भयो । त्यसकारणले अब म माननीय सदस्यहरूलाई विशेष अनुरोध गर्छु, तपाईंहरू बसिदिनुस, यो सदन सुचारू गर्नका लागि सहयोग गर्नुस, यसले नै सदनको गरिमा कायम रहनेछ

‘पहिलो कुरा संवैधानिक आयोगले गरेको निर्णय भयो, दोस्रो कुरा अदालतमा गइसकेको विषय भयो । त्यसकारणले अब म माननीय सदस्यहरूलाई विशेष अनुरोध गर्छु, तपाईंहरू बसिदिनुस, यो सदन सुचारू गर्नका लागि सहयोग गर्नुस, यसले नै सदनको गरिमा कायम रहनेछ,’ सभामुख सापकोटाको भनाई थियो । उहाँको भनाई सकिन नपाउँदै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले आफूहरूलाई बोल्न समय माग गर्दै ललिता निवास प्रकरणमा अख्तियारले कानुनको प्रयोग विभेदकारी ढंगले गरेको आरोप लगाउनुभयो । बडुले आफ्ना कुरा राख्न बोल्न पाउनुपर्ने भन्दै सत्ताका नजिक भएकाले कानुनको दुरूपयोग गरेको आरोप लगाउनु भयो । उहाँलाई सभामुख सापकोटाले सम्झाउँदै भन्नुभयो, ‘माननीय सदस्य मैले तपाईंका कुरा बुझेँ, तपाईंलाई बोल्न मैले समय पनि दिएको छैन, आफ्ना भनाइ विट मार्नुस ।’

सापकोटाले संसदको कार्यक्षेत्रभित्र उक्त कुरा नपर्ने भन्दै नियमावली २१ (घ) को समेत प्रतिपक्षलाई जानकारी भएको भन्दै अबुझ नबन्न सझुाउनु भयो । तर बुझेर बुझ पचाउनु भएका सांसद बडु एकोहोरो बोल्न पाउनुपर्ने भन्दू रटानमा रहनुभयो । भ्रष्टाचारीको पक्षमा उभिरहने उहाँको अडानपछि सभामुख सापकोटाले माघ २८ गते मंगलबार दिनको १ बजे बस्ने गरी आजको बैठक स्थगित गर्नुभयो । सभामुखले बैठक स्थगित गरेको घोषणा गरेपछि कांग्रेस सांसदहरुले ठुलै बिजय प्राप्त गरेको अनुभुति गर्नुभयो, सवैको मुहारमा एकाएक चमक आयो । सवै कांग्रेसका सांसदहरु हास्ँदै हाँस्दै बैठक कक्षबाट बाहिरिनुभयो ।