जनता टाइम्स

२७ माघ २०७६, सोमबार ११:३४

मानव मिलन नारी जागरणले गर्यो मृगौला पिडितलाई आर्थिक सहयोग


पोखरा, माघ २७ । मानव मिलन नारी जागरण नेपाल पोखराले मृगौला पिडित अमृता बिकलाई सहयोग हस्तान्तरण गरेको छ । अन्नपूर्ण गाउपालिका , कास्की घर भइ हाल पोखरा १५ बस्दै आउनुभएकी विकलाई सो संस्थाले आज २१ हजार १ सय १२ रुपैगाँ नगद हस्तान्तरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि युवा उत्प्रेरक सुष्मा पौडेल र संस्थाका अध्यक्ष सविता बरालले अमृता र उहाँका श्रीमान किरण विसीलाइ सहयोग हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पत्रकार पौडेलले शरिरको कुनैपनी अंगले काम नगर्दैमा मानिस निराशा हुन नहुने भन्दै जस्तोसुकै परिस्थितिको पनि हासी हासी सामना गर्नुपर्नेमा जोड दिनुभयो । जबजब मृगौलाले काम गर्न छाडेकै कारण नैराश्यता उत्पन्न हुन्छ तब प्रधानमन्त्री केपी शर्माको हसिलो अनुहार हेरेर मुस्कुराउन अनुरोध गर्नुभयो । साथै दुखमा एक मानबले अर्को मानिसलाई सहयोग गर्नु नै मानवीय धर्म भएकाले सहयोग गर्न आह्वान पनि गर्नुभयो । संस्थाका अध्यक्ष बरालले साथीहरू मिलेर सहयोग गरेको भन्दै सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्नुभयो । नगद थोरै होला तर यसमा माया मिसीएको भन्दै मानव मिलन सदैब लक्षित बर्गलाइ साथ दिने प्रतिबद्धता जनाउनुभयो ।

निवर्तमान अध्यक्ष तथा विश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष पार्वता पौडेलले मानव मिलन नारी जागरणले सदैव प्रसंसनिय कार्य गर्दै आएको भन्दै विगतकका गतिविधि समेत उल्लेख गर्नुभएको थियो । कार्यक्रममा सचिव मेनका पौडेल कोषाध्यक्ष देवी बराल, कार्यक्रम संयोजक गौमती बिक, सदस्य विण्णु गुरुङ ,रुकु खड्का लगायतले सेवाभावले काम गर्ने अठोट जनाउनु भयो ।

पीडित अमृताका २ छोराछोरी मध्ये छोरा जन्मदै आँखा नदेख्ने छन् । निम्न आयस्तर भएकाकारण श्रीमान किरण मलेसिया जानुभएको थियो । विदेशिएको १ बर्ष नहुदै श्रीमती विरामी भएपछि उहाँ फर्किएर श्रीमतीको उपचारका लागि आर्थिक संकलनमा जुटिरहनुभएको छ । आफ्नो १ मृगौला श्रीमतीलाई दिने तरखर गरिरहदा पनि १६ लाख लाग्ने भएकाले सहयोग गर्न अपिल समेत गर्नुभयो ।