जनता टाइम्स

२७ माघ २०७६, सोमबार १२:५०

कुकुर बचाउन जाँदा सेति खोचमा खसेका युवाको सकुशल उद्धार


पोखरा, माघ २७

सेती नदि खोचमा खसेका एक युवालाई प्रहरीले सोमबार सकुशल उद्धर गरेको छ । पोखरा महानगरपालिका–९ पार्वती टोल स्थित रहेको सेती नदिको खोचमा आफ्नो कुकुर अड्किए पछि उक्त कुकुरलाई बचाउन लाग्दा सोही स्थान बस्ने वर्ष २३ का आकाश गुरुङ खोचमा खसेका थिए ।

खोचमा खसेका गुरङलाई स्थानीयहरुले देखेपछी प्रहरीलाई खबर गरे पश्चात तत्कालै गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको उद्दार समूह र वडा प्रहरी कार्यालय वैदाम कास्कीको प्रहरी टोली उक्त स्थानमा निजको उद्दारको लागि खटिएको थियो । प्रहरीले निज गुरुङलाई उक्त खोचमा अड्किएको देखेपछि खोचबाट सकुशल उद्दार गरिएको हो । उद्दार गरिएका गुरुङको अवस्थाम सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।