जनता टाइम्स

२७ माघ २०७६, सोमबार १७:५१

अधिकारीको निधनप्रति प्रधानमन्त्रीद्वारा श्रद्धान्जली व्यक्त


काठमाडौं, माघ २७

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य किशोरकुमार अधिकारीका पिता पदमबहादुरको निधनमा श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

नेकपाका अध्यक्ष ओलीले आज शोक विज्ञप्ति जारी अधिकारीको परिवार र आफन्तजनमा समवेदना व्यक्त गर्नुभएको छ । पदमबहादुरको ९४ वर्षका उमेरमा यही माघ २४ गते ओखलढुङ्गा मानेभञ्जाङ गाउँपालिका ९ स्थित निवासमा निधन भएको थियो ।