जनता टाइम्स

२७ माघ २०७६, सोमबार १९:५९

को बन्लान आइजीपी र एआइजी ? यस्तो छ ट्रयाक रेकर्ड


काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले मंगलबारदेखि अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ । आफ्नो कार्यकाल पूरा भएसँगै मंगलवार साँझबाट प्रहरी प्रधान कार्यालयले आइजीपी खनालसहित उहाँका ब्याजी तीन एआइजी र डिआइजीलाई औचापरिक रुपमा बिदाइ गर्दैछ । सरकारले आइजीपी नियुक्तिका लागि मंगलवार नै मन्त्रिपरिषद बैठक बोलाएको छ ।

महानिरीक्षक खनालसँगै १८ डीआईजी र तीन एआईजीले अवकाश मंगलवारबाट बिदा पाउँदै छन् । खनाल दुई वर्षअघि २०७४ फागुन २८ मा नेपाल प्रहरीको २६ औं प्रहरी महानिरीक्षक बन्नुभएको थियो । खनालका उत्तराधिकारीका रुपमा अब नियुक्त हुने प्रहरी प्रमुख नेपाल प्रहरी सङ्गठनको २७ औं प्रहरी महानिरीक्षक हुनेछन । खनालपछि अवको प्रहरी प्रमुखका लागि तीन जना डिआइजी प्रतिस्पर्धामा छन । महानिरीक्षकका स्वभाविक दावेदारका रुपमा डिआइजी ठाकुर ज्ञवाली देखिनुभएको छ ।

ज्ञवालीसँगै दास्रो नम्बरमा तारिणीप्रसाद लम्साल र सूर्यप्रसाद उपाध्याय दाबेदार रहे पनि ज्ञवालीको आइजीपी हुने लगभग पक्का रहेको छ । तीन जनामध्ये पहिलो नम्बरमा रहेको र कार्यसम्पादन मुल्यांकणमा पनि उहाँनै अब्बल रहेको कारण दावेदार स्वयंले ज्ञवाली हुने बताउन थालेका छन । २०७५ साल असोज २८ गते डिआइजीमा बढुवा हुनुभएका ज्ञवाली पहिलो नम्बरमा हुनुहुन्छ भन लम्साल दोस्रो नम्बरमा डिआइजी हुनुभएको छ । सोही ब्याजका उपाध्याय सातौं नम्बरमा हुनुहुन्छ । उपाध्यायलाई उहाँ भन्दा पछिल्लो ब्याजका एसएस्पीले टपेको कारण आइजीपीमा उहाँको संभावना सकिएको छ ।

ज्ञवालीसँगै दास्रो नम्बरमा तारिणीप्रसाद लम्साल र सूर्यप्रसाद उपाध्याय दाबेदार रहे पनि ज्ञवालीको आइजीपी हुने लगभग पक्का रहेको छ । तीन जनामध्ये पहिलो नम्बरमा रहेको र कार्यसम्पादन मुल्यांकणमा पनि उहाँनै अब्बल रहेको कारण दावेदार स्वयंले ज्ञवाली हुने बताउन थालेका छन 

आइजीपीसँगै तीन एआइजी पनि रिक्त भएपछि बाँकी साथ जना डिआइजीमध्येबाट एआइजी बन्नेछन । एआइजीका लागि लम्साल पहिलो नम्बरमा हुनुहुन्छ । ज्ञवालीकै ब्याजी रहेकोले उहाँलाई एआइजी बनाउने लगभग पक्कापक्की जस्तै रहेको छ ।

त्यसपछि बाँकी दुई एआइजीका लागि ६ जना डिआइजीबीच प्रतिस्पर्धा हुनेछ । दुई एआइजीका लागि ज्ञवालीपछिका ब्याजी हरिबहादुर पाल, शैलेश थापा क्षेत्री, निरजबहादुर शाही, प्रधुम्नकुमार कार्की, सूर्यप्रसाद उपाध्याय र बिश्वराज पोखरेल दावेदार रहनुभएको छ । हाल महानगरीय प्रहरी कार्यालय प्रमुख रहनुभएका पोखरेलबाहेक सवै ज्ञवालीसँगै २०७५ असोज २८ गते डिआइजी बढुवा हुनुभएको हो । पोखरेल भने गत २०७६ बैशाख २७ गते मात्रै डिआइजीमा बढुवा हुनुभएको हो ।