जनता टाइम्स

२९ माघ २०७६, बुधबार ०९:०८

रामेश्वर फुयाल भौतिक पूर्वाधार तथा विकास मन्त्रीमा नियुक्त


हेटौँडा, माघ २९  । वाग्मती प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रीमा रामेश्वर फुयाल नियुक्त हुनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  को वाग्मती प्रदेशका प्रमुख सचेतक फुयाललाई प्रदेश सरकारको बैठकले भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरेको हो । तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितलाई मुख्यमन्त्री पौडेलले बर्खास्थ गरेपछि रिक्त रहेको मन्त्रालयको काम आफैले सम्हाल्दै आउनुभएको थियो ।

फुयाँल गाउँपालिका अध्यक्ष, सभासद, सांसद हुँदै पहिलोपटक मन्त्री बन्नुभएको हो । वाग्मती प्रदेशको स्थायी राजधानी र नामाकरणपछि फुयाल मन्त्री बन्ने चर्चा निकै चलेको थियो । वाग्मती प्रदेशमा नेकपाका प्रमुख सचेतक समेत रहनुभएका फुयाल लामो राजनीतिक यात्रापछि मन्त्री बन्न लाग्नुभएको हो ।