जनता टाइम्स

२९ माघ २०७६, बुधबार ११:३२

नवनियुक्त आइजिपी ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान


काठमाडौं, माघ २९

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुर ज्ञवालीलाई गृहसचिव महेश्वर न्यौपानेले आईजीपीको दर्ज्यानी चिन्ह लगाइदिनु भएको छ । गृहमन्त्रालयमा आयोजित एक कार्यक्रमबीच बुधबार बिहान आईजीपी ज्ञवालीले दर्ज्यानी चिन्ह ग्रहण गरेका हुन् ।

मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी २७ औं महानिरीक्षकमा ठाकुर ज्ञवालीलाई बढुवा गरेको थियो । प्रदेश १ प्रहरी प्रमुख रहेका नायव महानिरीक्षक (डीआईजी) ज्ञवालीलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आईजीपी बनाएको हो । हालका आईजीपी सर्वेन्द्र खनालले मंगलबारबाटै ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएपछि उहाको स्थानमा ज्ञवालीलाई बढुवा गरिएको हो। ज्ञवालीको कार्यकाल असार अन्तिमसम्म रहनेछ ।