जनता टाइम्स

१ फाल्गुन २०७६, बिहीबार ०७:१६

नेकपाले जनयुद्ध दिवस मनाउँदै, प्रधानमन्त्री सहभागी हुने


काठमाडौं, फागुन १ । सत्तारुढ दल नेकपाले आज जनयुद्ध दिवस मनाउँदै छ । तत्कालीन माओवादीले २०५२ साल फागुन १ गते सुरु गरेको शसस्त्र युद्धको सम्झनामा हरेक बर्ष मनाइदै आएको यो दिवसमा यसपटक प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनुहुने कार्यक्रम रहेको छ ।

नेकपा केन्द्रीय कार्यालयले जारी गरेको सूचनाअनुसार धुम्बाराहीमा हुने ‍औपचारिक कार्यक्रममा कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओली दुबै सहभागी हुने कार्यक्रम रहेको छ । पार्टी कार्यालयले जारी गरेको सूचना अनुसार आज विहान ९ बजे अध्यक्षद्वय ओली तथा दाहाल जनयुद्धका शहीदहरूको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा उपस्थित हुनेछन्।