जनता टाइम्स

२ जेष्ठ २०७६, बिहीबार ०८:०५

श्रीलङ्कामा ७८ जना गिरफ्तार, आम नागरिक त्रसित


श्रीलङ्का, २ जेठ । श्रीलङ्काको उत्तरपश्चिमी क्षेत्रमा भएका विभिन्न हिंसात्मक घटनाका क्रममा ७८ जनालाई गिरफ्तार गरिएको छ ।

प्रहरी प्रवक्ता एसपी रुवान गुनासेकराले बुधबार दिएको जानकारीअनुसार कुरुनेगाल, कुलियापिटीया, निकावेरातीया, चिलावलगायतका ठाउँबाट उनीहरूलाई गिरफ्तार गरिएको हो ।

उहाँले पक्राउ परेकाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो । प्रहरीले झडप वा हिंसाका बेलाको भिडियोहरू पनि हेरेर छानबिन गरिरहेको उहाँले बताउनुभयो ।

प्रहरीले पक्राउ परेका सबै जना दोषी भएको पुष्टी हुनसक्ने जनाएको छ । उहाँले घटना अझै बल्झिने सम्भावनालाई मध्यनजर गर्दै कतिपय ठाउँमा कफ्र्यु लगाइएको पनि जानकारी दिनुभयो ।

ती घटनाहरूमा परी कम्तीमा एक जनाको मृत्यु भएको र अन्य केही घाइते भएको समाचारमा जनाइएको छ ।

श्रीलङ्कामा पछिल्लो समय विभिन्न ठाउँमा जातीय हिंसात्मक घटनाहरू भइरहेको छ भने आम नागरिक त्रसित भएका छन् ।