जनता टाइम्स

२ फाल्गुन २०७६, शुक्रबार ०९:२५

नेकपाका नेताहरुबाटै पार्टी एकतालाई कमजोर बनाउने काम भएको मुख्यमन्त्री शंकर पोखरेलको निश्कर्ष


काठमाडौं, फागनु २ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बर्तमान र भविश्यको प्रश्नमा केन्द्रीत हुन पार्टी नेतृत्व र नेताहरुलाई सुझाव दिनुभएको छ ।

जनयुद्ध दिवसको बिषयलाई लिएर शीर्ष नेताहरुबाटै फरक फरक धारणा आएपछि नेकपाका स्थायी समिति सदस्यसमेत रहनुभएका मुख्यमन्त्री पोखरेलले यस्तो सुझाव दिनुभएको हो ।

उहाँले बिगतको मुद्दा उचाल्नु भनेको पार्टी एकतालाई कमजोर बनाउनु रहेको आफ्नो निश्कर्षसमेत सुनाउनु भएको छ । ‘नेकपाका नेताहरु वर्तमान र भविष्यको प्रश्नमा केन्द्रीत नभै विगतका मुद्दाहरुमा केन्द्रीत हुनुभनेको पार्टी एकतालाई कमजोर बनाउनु हो,’ पोखरेलले भन्नुभएको छ ।