जनता टाइम्स

२ फाल्गुन २०७६, शुक्रबार ०९:४४

प्रेम प्रस्ताव अस्विकार गरेपछि सिन्धुलीमा प्रहरीले हाने आफैँलाई गोली


सिन्धुली, फागुन २

जिल्ला प्रहरी कार्यालय (जिप्रका) सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन् । महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आज आफैँलाई पेटमा गोली हानि गम्भीर घाइते हुनुभएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिनुभयो ।

उहाँले घाइते रायको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जानकारी दिनुभयो । “रायको पेटमा गोली लागेको र यहाँ उपचार सम्भव नभएपछि एम्बुलेन्समार्फत थप उपचारको लागि काठमाडौँ पठाएका छौँ”, प्रहरी उपरीक्षक सिग्देलल भन्नुभयो ।

स्रोतका अनुसार रायले भ्यालेन्टाइनका दिन शुक्रबार एक महिला प्रहरीलाई प्रेम प्रस्ताव राख्दा अस्वीकार गरेपछि उनकै पेस्तोल खोसेर आफ्नै पेटमा गोली हानेका हुन् । गोली हान्नुको कारण खुल्न नसकेको र आवश्यक अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।