जनता टाइम्स

२ फाल्गुन २०७६, शुक्रबार ११:१३

पूर्वप्रधानमन्त्रीद्वयविरुद्ध परेको रिट प्रधानन्यायाधीशको इजलासमा


काठमाडौं, फागुन २

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध परेको रिटको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा हुने भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दा त्रुटिपूर्ण रहेको भन्दै सर्वोच्च अदालतमा परेको रिट प्रधानन्यायाधीश जबराको इजलासमा परेको हो । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटको सुनुवाइ शुक्रवारका लागि प्रधानन्यायाधीश जबराको इजलासमा ३ नम्बर क्रममा राखिएको छ ।

अख्तियारले मन्त्रिपरिषद्को निर्णय भन्दै प्रधानमन्त्रीद्वयलाई मुद्दाबाट उन्मुक्ति दिएपछि उहाहरुविरुद्ध पनि मुद्दा चल्नुपर्ने माग राख्दै रिट परेको हो । यसअघि पनि न्यौपानेले नै २०५३ सालमा हालेको रिटमा तत्कालिन प्रधानन्यायाधीशसहितको पाँच न्यायाधीशको इजलासले प्रधानमन्त्रीकै पक्षमा फैसला गरेको नजिर भने स्थापित भईसकेको छ ।