जनता टाइम्स

२ फाल्गुन २०७६, शुक्रबार ११:२८

क्यान्सर पिडित राष्ट्रियसभा सदस्य उपाध्यायको निधन


काठमाडौ‌‌, फागुन २

क्यान्सरबाट पिडित राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ । नेपाली कांग्रेस रुपन्देहीका नेता एवं राष्ट्रियसभा सदस्य उपाध्यायको आज बिहान निधन भएको राष्ट्रिय सभाका सांसद सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

उहा क्यान्सरको बिरामी रहेको र आज बिहान भैरहवामा निधन भएको पाण्डेले बताउनु भयो । उहाको शुक्रबार २ बजे दाहसंस्कार गरिने नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले बताउनु भयो ।

२०३१ सालमा रुपन्देहीमा जन्मिनु भएका उपाध्याय २०४२ सालदेखि राजनीतिमा सक्रिय रहदैँ आउनु भएको थियो । हाल प्रत्योजित तथा आश्वासन समितिको सदस्यसमेत रहनु भएको थियो । २०५४ सालमा गाविस उपाध्यक्षको जिम्मेवारी सम्हाल्नु भएका उपाध्यायय सोही क्षेत्रवाट ३–३ पटक क्षेत्रीय सभापतिसमेत हुनुभयो ।