जनता टाइम्स

२ फाल्गुन २०७६, शुक्रबार १३:२८

प्रधानमन्त्रीको संसदमा संबोधन स्थगित, यस्तो छ कारण


काठमाडौं, माघ २ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा गर्ने भनिएको संबोधन भोलिसम्मका लागि सरेको छ । राष्ट्रियसभाका सदस्यको निधन भएको कारण प्रधानमन्त्री ओलीले आज गर्न लाग्नुभएको संबोधन भोलिसम्मका लागि स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सर्य थापाले जानकारी दिनुभयो । आज राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको थियो ।

‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आज २ बजे प्रतिनिधिसभामा संबोधन गर्न निर्धारित कार्यक्रम संघीय संसदका बहालवाला माननीय सदस्यको असामयिक निधनका कारण स्थगित भएको छ । सम्बोधन भोलि ३ गते बिहान ११ बजे हुनेछ,’ प्रेस सल्लाहकार थापाले भन्नुभयो ।