जनता टाइम्स

३ फाल्गुन २०७६, शनिबार १२:२३

सम्पादकलाई प्रधानमन्त्री प्रश्न : सरकारको कामको नियत किन हेरिन्छ ?


काठमाडौं, फागुन ३

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको काममा किन नियत हेरिन्छ भनेर प्रश्न गरेका छन् । शनिवार प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्त्वको विषयमा वक्तव्य दिँदै प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमका सम्पादकहरूले समाचारमा नियत नहेर्न गरेको आग्रह जस्तै सरकारको काममा नियत नहेर्न आग्रह गर्नुभयो ।

‘केही दिनअघि केही सम्पादकहरूले मलाई प्रश्न गर्नुभयो – हामी त चौथो अंग हौ, क्रिटिकल हुन्छौ, सरकारको खबरदारी गर्छौ, हाम्रो खबरमा नियत किन हेरिन्छ । त्यतिकै नियतमा किन शंका गर्ने ?’ उहाले भन्नुभयो । प्रधानमन्त्री ओलीले त्यसैलाई काउन्टर दिदै भन्नुभयो, ‘चौथो अंग क्रिटिकल हुन पाउँछ । तथ्य आधारित सक्दो क्रिटिकल होस् । भनिन्छ नि लेखाइको लाइन स्पष्ट भए, बिटविन द लाइन पढिँदैन । मेरा पनि केही यस्तै प्रश्न छन् – मेरो नेतृत्वको सरकारले शुरू गरेको काम र राष्ट्रिय अभियानमा चाहिँ किन नियत हेरिन्छ ? के यो वैचारिक पूर्वाग्रहका कारणले हो ? त्यस्तो हुनु वाञ्छनीय हुँदैन ।’