जनता टाइम्स

४ फाल्गुन २०७६, आईतवार ०८:४६

चिनबाट उद्धार गरिएका १७५ नेपालीलाई सुरक्षाकर्मीले स्कटिङ गरेर विमानस्थलदेखि खरिपाटीसम्म पुर्‍याए (फोटोफिचर)


पोखरा, फागुन ४ । काठमाडौं । चीनबाट १७५ जना नेपाली लिएर नेपाल एयरलाइन्सको जहाज काठमाडौं आइपुगेको छ । आज बिहान ३ बजेर २२ मिनेटमा काठमाडौं आइपुगेको हो ।

यसअघि १८१ जना आउने तयारी गरिएको भए पनि ६ जनालाई वुहान विमानस्थलमै रोकिएको चीनस्थित नेपाली दूतावासले जनाएको छ । उनीहरुलाई एउटा एम्बुलेन्स र पाँच वटा ठूलो बसमा सुरक्षाकर्मीले स्कटिङ गरेर विमानस्थलदेखि खरिपाटीसम्म पुर्‍याएका हुन् । क्वारेन्टाइन लैजानुअघि विमानस्थलमा अवतरण भएपछि उनीहरुको स्वास्थ्य अवस्था जाँचिएको थियो ।

उनीहरुमा सामान्य स्वास्थ्य समस्या देखिएको बताइएको छ । अन्य चारजना भने आफ्नो इच्छाले नेपाल नआएको दूतावासले जनाएको छ ।

नेपाल आएकामध्ये १७० जना चीनमा अध्ययनका लागि पुगेका विद्यार्थी रहेका छन् । एकजना रोजगारका लागि पुगेका थिए भने दुईजना चीन भ्रमणमा गएका थिए । दुईजना बालक रहेको दूतावासले जनाएको छ ।

उनीहरुलाई भक्तपुरमा रहेको विद्युत तालिम केन्द्रमा राखिएको छ ।  क्वारेन्टाइनमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

क्वारेन्टाइनको सबै भवनमा गरी १८ वटा सीसीक्यामेरा, आठवटा टेलिभिजन, सबै ब्लकमा स्पीकर जडान गरिएको को छ । त्यसैगरी तीनवटा वाशिङ मेशिन, ओछ्यान, वाटेल, अप्पल, साबुनलगायतका सबै सामग्रीको व्यवस्था गरिएको छ ।

एउटा कोठामा कम्तीमा एक मिटरको फरकमा दुईदेखि तीन शैया रहने गरी कोठाको व्यवस्थापन गरिएको छ ।