जनता टाइम्स

५ फाल्गुन २०७६, सोमबार ०७:०२

आज आंशिक बदलीसहित वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसमी विवरण


काठमाडौं, फागुन ५ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नभए पनि पहाडी क्षेत्रका एक दुई ठाउँमा वर्षाको सम्भावना रहेको जनाएको छ । आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै महाशाखाले हाल देशका अधिकांश पहाडी स्थानहरूमा आंशिक बदली र केहि स्थानमा तुवालो पनि लागेको जनाएको हो ।

तीन दिनको मौसम पूर्वानुमान

फागुन ०५ गते

दिउँसोः देशका पूर्वी र मध्यका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ। पूर्वी र मध्यका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । रातिः देशका पूर्वी र मध्यका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ। पूर्वी पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

फागुन ०६ गते

दिउँसोः देशका पूर्वी र मध्यमा आंशिक देखि सामान्य बदली र पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

रातिः देशका पूर्वी र मध्यमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ। पूर्वी र मध्यका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

फागुन ०७ गते

दिउँसोः देशभर सामान्य बदली रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातिः देशभर सामान्य बदली रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।