जनता टाइम्स

५ फाल्गुन २०७६, सोमबार ०९:१२

मसानघाटको जग्गा पनि छाडेन् भुमाफियाहरुले : अख्तियारलियो मालपोत र नापीबाट कागजात नियन्त्रण


सिमरा, फागुन ५ । स्थित सार्वजनिक मसानघाटलाई भू–माफियाले प्लटिङ गरी बेचेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।

सिमरा ४ स्थित सार्वजनिक मसानघाटको जग्गा कानुन विपरित किर्ते गरी प्रोपर्टी म्यानेजमेन्ट प्रालिले प्लटिङ्ख गरी बेचिरहेको समाचार आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । आयोगको टोलीले मसानघाट स्थलगत अवलोकन गर्नुका साथै मालपोत र नापी कार्यालय सिमराका कागजपत्र छानबिन गर्न थालेको हो ।

नापीसहित सहसचिवको टोलीले सम्बद्ध कार्यालयबाट प्रमाण संकलन, स्थलगत अवलोकन, र स्थानीयसँग रायसमेत लिएको छ । फिल्डबुक श्रेस्तामा स्पष्ट मसानघाट लेखिएकोे जीतपुरसिमरा वडा नम्बर ४ मा रहेको ५९ नम्बर किताको ६ बिघा ८ कठ्ठा जग्गा १६ टुक्रा बनाइ प्रोप्रर्टी म्यानेजमेन्ट प्रालिले कित्ताकाट गरी बेचेको हो ।

मसानघाट भनी उल्लेख भएको कित्ता नं ५९ को उक्त जग्गा २०४७ साउन ३० गते नेपाल सरकारको ऐलानी श्रेस्ता बदर गरी भूमाफियाले किर्ते गरेर प्लटीङ्ख गरी बेचेका थिए । जिल्ला प्रशासन कार्यालय बारा र जितपुर सिमरा बडा नम्बर ४ को कार्यालयले समेत उक्त श्रेस्तालाई बदर गरी सार्वजनिक मसानघाट नै कायम गर्न आवश्यक प्रकिया अगाडी बढाएको छ । उद्योगपति तथा बिरगंज महानगरका मेयर बिजय सरावगी, एभरग्रिन तराई हस्पिटल, सुनिता अग्रवाल लगायतका नाममा र बाँकी जग्गा प्रोप्रर्टी म्यानेजमेन्ट प्रालिका संचालक इच्छाबहादुर बाग्लेको नाममा फिल्डबुकमा उल्लेख रहेको छ ।