जनता टाइम्स

५ फाल्गुन २०७६, सोमबार १०:१४

नेपाली गायक दिवेश पोखरेल यसरी छानिए अमेरिकन आइडलमा (भिडियोसहित)


बोस्टन, फागुन ५

काठमाडौंका दिवेश पोखरेल ‘अमेरिकन आइडल’ हलिउडको प्रस्तुतिका लागि छानिएका छन् । आइतबार अमेरिकी च्यानल ‘एबिसी’बाट प्रसारण पहिलो श्रृंखलाबाट उनी छानिएका हुन् ।

आर्थर गनका उपनामले गाउँदै आएका २० वर्षका पोखरेल करिव ६ वर्षअघि अमेरिका आएका हुन् । उनी आफ्ना बुबा–आमासहितको परिवारमा क्यान्सस राज्यको विचिटामा बस्छन् । छनौटका प्रस्तुत हुँदा नमस्ते गर्दै उपस्थित भए, र बारम्बार नमस्ते गरिरहेका देखिन्थे । उनले आफू नेपालमा जन्मेको र नेपालको सुन्दरतामाथि प्रकाश पार्ने कोशिस कार्यक्रममा गरेका थिए । उनको प्रस्तुतीबाट जजहरु समेत निक्कै आकर्षित भएका थिए ।