जनता टाइम्स

७ फाल्गुन २०७६, बुधबार ०७:२५

आज राष्ट्रपतिबाट ३२९ कैदीको कैद मिनाहा


काठमाडौं, फागुन ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ कैदीको बाँकी कैद मिनाहा गर्नुभएको छ । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा यही फागुन ७ गतेदेखि लागू हुने गरी प्रकाश थेवेसहित उक्त सङ्ख्याका कैदीको कैद मिनाहा गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा  जारी विज्ञप्तिमा जनाइएको छ ।

नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर ९कैद कट्टा० नियमावली, २०७६ बमोजिम राष्ट्रपतिले कैद मिनाहा गर्नुभएको हो ।