जनता टाइम्स

१५ फाल्गुन २०७६, बिहीबार १७:०४

पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार बिकाश कर बढ्यो, मुल्य बढाउन भने नपाइने


काठमाडौं, फागुन १५ । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार बिकाश कर परिमार्जन गर्दै बढाएको छ । फागुन १२ गते बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आज आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले सो जानकारी दिनुभएको हो ।

पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले दिनुभएको जानकारीअनुसार मन्त्रिपरिषदले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार बिकाश करको दर परिमार्जन गरी प्रतिलिटर ५ रुपैयाबाट बढाएर १० रुपैयाँ पुर्याएको छ । पछिल्लो समय नेपाल र भारतमा पेट्रोलियम पदार्थको मुल्यमा २० रुपैयासम्म फरक पर्न थालेपछि सरकारले नेपालमा इन्धनको मुल्य नबढाउने गरी यस्तो ब्यवस्था गरेको हो । सरकारको यस निर्णयअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको कर बढेको छ ।

यो ब्यवस्थाले इन्धनको मुल्य भने नबढने नेपाल आयाल निगमले जनाएको छ । नेपाल आयल निगमले सरकारको सो निर्णयले पेट्रोलियम पदार्थको मुल्य नबढने प्रष्ट पारेको छ । मुल्य बढदैन, हामी आवश्यक परे मुल्य स्थिरीकरण कोषमा जम्मा भएको ८ अर्व रुपैयाबाट सदुपयोग गर्नेछौं,’ निगमको भनाइ छ ।