जनता टाइम्स

१९ फाल्गुन २०७६, सोमबार ०८:४६

समिर जोशीको लेखन तथा निर्देशनमा टेलिसिनेमा ” खोई कुरा बुझेको ?


काठमाडौं, फागुन १९ । संचारकर्मी तथा सिने निर्देशक समिर जोशीको लेखन तथा निर्देशन मा हाँस्य पारिवारिक टेलिसिनेमा ” खोई कुरा बुझेको ?”छायांकन प्रारम्भ भयको छ ।

स्वस्तिक सिने आर्ट्स र बिनभ क्रियसनको सयुक्त प्रस्तुतिमा सो टेलिसिनेमाको निर्माता सागर बस्नेत रहेको छ । प्रत्येक शृंखलामा नया कथाबस्तु रहने ” खोई कुरा बुझेको ?”

टेलिसिनेमाको कलाकारमा शितल केसी ,अस्मिता बस्नेत “थुम्की “,निशा पाख्रिन , सबिता लकाई खडका ,सुस्मिता ख्याती,दिपेश बन्जारा ,सागर गिरि ,नमिता खडका ,सागर बस्नेत र समिर जोशी रहेको छ ।

शृंखला निर्देशक बाणी पोखरेल रहेको उक्त टेलिसिनेमाको छायांकन सुनिल सिंह ,सम्पादन अमन महर्जन र सांगे शेर्पा शिर्ष गीत ज्योति खतिवड़ा र गायन तथा संगीत प्रमोद पाण्डे र मेकअप मा बिस्वराम हापु र शंकर पाण्डे रहेको छ ।निमेष खनाल सल्लाहकार रहेको उक्त टेलिसिनेमा टिभी वन यच डी तथा अन्य राष्ट्रिय टेलिभिजनमा प्रसारण हुने तथा उक्त टेलिसिनेमाको बजार ब्यबस्थापन पायोनियर मिडिया को रहेको छ ।