जनता टाइम्स

२८ फाल्गुन २०७६, बुधबार १७:२८

मिर्गाैला दाता समीक्षा संग्रौला डिष्चार्ज, प्रधानमन्त्री ओलीको डिष्चार्जबारे यस्तो छ अस्पतालको धारणा


काठमाडौं, फागुन २८ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्नुुभएकी भाञ्जी समीक्षा संग्रौला डिस्चार्ज हुनुभएको छ । फागुन १९ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएकी समीक्षालाई आज डिस्चार्ज गरिएको हो ।

डिष्चार्ज हुनुअघि समिक्षाले प्रधानमन्त्री ओलीलाई भेटनु भएको छ । मिर्गाैला प्रत्यारोपनपछि प्रधानमन्त्री ओलीलाई भेट गर्ने समिक्षा नै प्हिलो भिजिटर हुनुहुन्छ ।  त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले सर्जनले सहमति दिए प्रधानमन्त्री ओलीलाई समेत डिस्चार्ज गर्न सकिने बताउनु भएको छ । ‘प्रधानमन्त्रीकी मिर्गौला दाता उहाँकी भान्जी समीक्षा संग्रौलालाई डिस्चार्ज दिएका छौं, सर्जनले रिपोर्ट हेरेर स्वीकृति दिएमा प्रधानमन्त्रीको समेत आजै डिस्चार्ज हुन सक्छ,’ खड्गाले भन्नुभयो ।

फागुन २१ गते प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो । पहिलो पटक २०६४ सालमा भारतमा मिर्गौला प्रत्यारोपण गराउनु भएका प्रधानमन्त्री ओलीको दोस्रो पटक स्वदेशमै मिर्गौला प्रत्यारोपण भएको हो । भारतको अपोलो अस्पतालका डा. अनन्त कुमार नेतृत्वको चिकित्सकीय टिमले ओलीलाई पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेको थियो । प्रधानमन्त्री ओलीको ०६४ सालमा भारतको अपोलो अस्पतालमा प्रत्यारोपण गरिएको थियो । यसपटक उहाँ नेतृत्वको अनन्त नेतृत्वको टोली पनि सहभागी भएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि ओली उपचारका लागि गत भदौंमा सिंगापुर जानुभएको थियो । त्यहाँ उनले ‘प्लाज्माफेरेसिस’ गरिएको थियो । १५ दिनको बसाइपछि प्रधानमन्त्री ओली स्वदेश फर्कनु भएको हो । त्यसपछि उहाँ नियमित डायलासिस गर्दै आउनु भएको थियो । प्रधानमन्त्रीको शल्यक्रियामा भारतका वरिष्ठ प्रत्यारोपण शल्य चिकित्सक तथा पहिलो मिर्गौला प्रत्यारोपणमा सहभागी प्रा.डा. अनन्त कुमार, शिक्षणका विभागीय प्रमुख प्रा.डा. उत्तमकुमार शर्मा, प्रा.डा. प्रेमराज ज्ञवाली डा. पवन चालिसे, डा.भोजराज लुइटेल, डा.सुमन चापागाईं, डा. सुजित पौडेल र डा. मनिषमान प्रधानको संलग्नता रहेको थियो । प्रत्यारोपण चिकित्सातर्फ विभागीय प्रमुख स्वयम् दिव्या सिह शाहको नेतृत्वमा डा. महेशराज सिग्देल, डा. मुकुन्द काफ्ले, डा. मिधन श्रेष्ठ, डा. रविन नेपाली र डा. सन्तोष क्षेत्री संलग्न हुनुहुन्थ्यो ।

यस्तै एनेस्थेसियातर्फ विभागीय प्रमुख डा. अनिल श्रेष्ठको नेतृत्वमा प्रा.डा. सुवासप्रसाद आचार्य, डा. विगेनमान शाक्य र डा. अमित शर्मा भट्टराईको टोली संलग्न रहेको थियो । यसैगरी क्रिटिकल केयरतर्फ प्रा.डा. सुवासप्रसाद आचार्यको नेतृत्वमा डा. प्रमेश सुन्दर श्रेष्ठ, डा. हेमराज पनेरु र डा. सौरभ प्रधानको टोली संलग्न थियो ।