जनता टाइम्स

२८ फाल्गुन २०७६, बुधबार १९:१२

मिर्गौला दातासँग प्रधानमन्त्रीको त्यो भावुक सम्वाद


काठमाडौं, फागुन २८ । मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पहिलो भेट गर्ने ब्यक्ति मिर्गौला दाता भान्जी समीक्षा संग्रौला हुनुभएको छ । चिकित्सकपछि भिजिटरको रुपमा प्रधानमन्त्री ओलीसँग भेट गर्ने मिर्गाैला दाता संग्रौला पहिलो हुनुभएको हो ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमालले केही दिन अघि नै प्रधानमन्त्री ओलीसँग भेट गर्ने पहिलो भिजिटर संग्रौला नै हुने घोषणा गरिसक्नुभएको थियो । गत बुधबार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको त्रिवि शिक्षण अस्पतालमा चिकित्सकपछि प्रधानमन्त्री ओलीलाई भेट्ने पहिलो व्यक्ति दाता समीक्षा नै रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार भेटमा उहाँहरुबीच निकै मार्मिक संवाद भएको छ । प्रधानमन्त्री ओली र भाञ्जी समिक्षबीच करिव २ मिनेट कुराकानी भएको थापाले जानकारी दिनुभयो । भान्जी समीक्षाले प्रधानमन्त्री ओलीलाई भेटेर उहाँको स्वास्थ्य अवस्थाबारे सोधखोज गर्नुभएको थियो ।

‘मामा हजुरलाई कस्तो छ ?’ प्रधानमन्त्री ओलीसँग समीक्षाको चासो थियो । जवाफमा प्रधानमन्त्री ओलीले ‘मलाई ठिकै छ, तिमीलाई कस्तो छ ?’ भनेर जिज्ञासा राख्नुभएको छ । समीक्षाले आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको बताएपछि प्रधानमन्त्री ओलीले धन्यवाद दिनुभएको छ । ‘तीमिलाई धेरैधेरै धन्यावाद । आफ्नो स्वास्थ्यको ख्याल गर्नु,’ प्रधानमन्त्रीको भनाई थियो । समिक्षालाई आजै डिष्चार्ज गरिसकिएको छ ।