जनता टाइम्स

३० फाल्गुन २०७६, शुक्रबार ११:३१

कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने


काठमाडौं, फागुन ३०

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आज पार्टी केन्द्रीय कार्यालय, सानेपामा भएको आकस्मिक बैठकले पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वस्थानीय विकासमन्त्री पूर्णकुमार शेर्माको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकप्रस्ताव पारित गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकले स्व शेर्माका शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दै उहाँको सम्मानमा आज, शनिबार र आइतबार पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

त्यसैगरी चैत २ गते केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने र उहाँको स्वर्गारोहण भएको तेह्रौँ दिनमा केन्द्र र सबै जिल्लामा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिने भएको छ ।