जनता टाइम्स

४ जेष्ठ २०७६, शनिबार ०९:३९

गाँउपालिकाको अध्यक्षको घरमा मध्यराती विस्फोट


सप्तरी ।

सप्तरीको बलानबिहुल गाउँपालिकाका अध्यक्षको घरमा गएराति बम विस्फोट भएको छ । अध्यक्ष दयानन्द गोइतको घरमा शुक्रबार राति सवा १२ बजे प्रेसर कुकर बम बिष्फोट गराइएको हो ।

अध्यक्ष गोइतको बस्ने घरसँगै जोडिएको उनकै अर्को घरमा घरमा बिष्फोट भएको प्रहरीले जानकारी दिएको छ । बमको छर्रा लागेर अध्यक्षका गोइतका ५६ वर्षीय काका समानन्द गोइत घाइते भएका छन्। बिष्फोटबाट घरमा क्षति पुगेको र केही कुर्सीहरु भाँचिएको अध्यक्ष गोइतले जानकारी दिनुभयो ।

बिष्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन। आफूलाई लक्षित गरेर बिष्फोट गराएको हुनसक्ने अध्यक्ष गोइतको भनाइ छ। उनी तत्कालीन संघीय समाजवादी फोरमबाट अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।