जनता टाइम्स

८ चैत्र २०७६, शनिबार २०:०७

अमेरिकाको टेक्ससमा बसेर नयन पाण्डेले यसरी फैलाए कोरोनाबाट टेकु अस्पतालमा मान्छे मरेको अफवाह


काठमाडौं, चैत ८ । अमेरिकाको टेक्ससमा बसेर नयनपाण्डे नाम गरेको युवाले काठमाडौंको टेकु अस्पतालमा कोरोनाबाट मान्छे मरेको लासदेखेको भन्दै अफवाह फैलाएको पाइएको छ । पाण्डेले फेसबुकमा पोष्ट गरेको टिकटक भिडियोको आधारमा उनी टेक्ससमा रहेको र नेपालीलाई मानसिक यातना दिन यस्तो काम गरको पाइएको हो ।

उनले ‘टेकु अस्पतालमा… को कोरोनाबाट मृत्यु’ भएको भन्दै सामाजिक संजालबाट अफवाह फैलाएका हुन । टेक्ससमै रहेका पत्रकार रामचन्द्र भट्टले उनको नाम नयन पाण्डे रहेको खुलासा गर्नुभएको छ । नयन पाण्डेको नाममा एकाउण्ट भएको कुपात्र टेक्ससमै बस्ने रहेछ, भट्टले लेख्नुभएको छ ।

यस्तो छ अफवाह फैलाउने पाण्डेको बिषयमा भट्टको टिप्पणी

‘टेकु अस्पतालमा … को कोरोनाबाट मृत्यु’ भएको भन्दै सामाजीक संजालबाट एउटा कुपात्रले अफवाह फैलाएको भेटेँ । नयन पाण्डेको नाममा एकाउण्ट भएको कुपात्र टेक्ससमै बस्ने रहेछ ।यो मानसिक आतंककारीलाई पक्राउ गर्न नेपाल प्रहरीले अमेरिकी प्रहरीलाई पत्राचार गरिसकेको जानकारी प्राप्त भएको छ । साथै फेसबुकको मुख्यालय पालोआल्टोलाई पत्राचार गरेको बुझिएको छ ।

टेक्ससमा बस्ने आदरणीय नेपाली समुदायका साथीहरु, यो व्यक्ति उसको अफवाहयुक्त भिडियोलाई हेर्दा क्षमा दिने खालको छैन । तसर्थ यसलाई पक्राउ गर्न प्रहरीलाई सहयोग गरौँ । हामी टेक्ससमा मात्र नभएर अमेरिकामा बस्ने नेपालीको यसले बेइज्जत गरेको छ । सारा संसारलाई संकट परेको बेलामा खेलाँची नगरौँ । यो समय भाईरल हुने समय होइन ।