जनता टाइम्स

९ चैत्र २०७६, आईतवार १५:०७

कोरोना रोक्न भारतसँगको सीमा नाका धमाधम बन्द : बाँके र दाङका सवै नाका बन्द, काँकडभिट्टा सुनसान


काठमाडौं, चैत ९ । बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालमा प्रवेश हुन नदिन सरकारले उच्च सतर्कताका साथ काम अघि बढाएको छ । सरकारले स्थानीय स्तरमा भारतीय अधिकारीसँग छलफल गरी कोरोनाबिरुद्ध अभियान चलाउन निर्देशन दिएलगत्तै भारतीय अधिकारीहरुसँग छलफल गरी सीमा नाका बन्द गर्न थालिएको हो ।

यही क्रममा आजबाट दाङको ३५ ओटै नाका अनिश्चित कालका लागि बन्द गरिएको छ । दाङस्थित जनताटाइम्स समाचारदाताका अनुसार आजबाट कोइलावासलगायत दाङका २६ ओटै नाका अनिश्चितकालका लागि बन्द गर्रिको हो । कोरोना भाइरसको संक्रमण रोक्न भारतसँग सीमा जोडिएका् सना ठुला गरी दाङका २६ ओटै नाका अनिश्चितकालका लागि बन्द गरिएको छ । भारतमा कोरोना भाइरसको संक्रमण बढन थालेपछि दुवै देशका अधिकारीबीचको सहमतिमा दाङको सीमा नाका पुर्ण रुपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

भारतसँग सीमा नाका जोर्डिका मुख्य नाकाहरु कोइलावास, खाङग्रा, पटौली, भौवा, सुनपथरीसहित २६ नाका रहेको छ । सो नाकामा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी राखिएको छ । ‘अवस्था सहज नहुँदासम्म सीमा नाका बन्द नै हुन्छ, खोलिदैन,’ प्रमुख जिल्ला अधिकारी रिजालले भन्नुभयो । यस्तै भारतबाट नेपाल भित्रने अर्काे प्रमुख मानिने जमुनाहा नाका पनि आजबाट बन्द गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकाका अनुसार एक साताका लागि सो नाका बन्द गरिएको हो । प्रदेश २ का कतिपय जिल्लाका नाका पनि दुई देशका स्थानीय अधिकारीको सहमतिमा बन्द गरिएको छ ।

काँकरभिट्टा नाका सुनसान

प्रदेश १ को प्रमुख नाका काँकडभिट्टा कफ्यू लागेजस्तै बनेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आजबाट जनता कफ्यूको घोषणा गरेपछि सो नाका सुनसान देखिएको हो । पूर्वको सबैभन्दा ठूलो स्थल नाका काँकरभिट्टा आज विहानैदेखि कर्फ्यु लगाएजस्तै ठप्प भएको हो । भारतले ‘जनता कर्फ्यु’ लगाएका कारण आइतवार सीमावर्ती पानीटयांङ्की नाका र भारतीय बजारहरु पुरै बन्द अवस्थामा रहेका छन् । काँकरभिट्टा नाकामा पनि भारतीय बन्दको प्रभाव परेको हो ।

आज विहानदेखि काँकरभिट्टा नाकाबाट भारततिर र पानीटयांङ्की नाकाबाट नेपालतिर यातायातका साधनको आउजाउ ठप्प रहेको छ । सीमाक्षेत्र पुरै सुनसान बनेको छ भने यात्रु नभएर छोटो दूरीका यातायात समेत ठप्प भएका छन् । काँकरभिट्टा टर्मिनल र मेची पुल खाली भएका छन् । भारतीय प्रधानमन्त्री मोदीले आज विहानदेखि भारत सरकारले आफ्नो देशमा जनता कर्फ्यु लगाउँदा हवाई, रेल तथा स्थल यातायात बन्द छन् । पानीटयांङ्की बजार पुरै बन्द छ । सर्वसाधारणहरु घरबाहिर निस्किएका छैनन ।

भारतबाट यात्रु आउने क्रम रोकिएपछि काँकरभिट्टा नाकामा समेत नेपाली सुरक्षाकर्मीले कडाई गर्न थालेका छन । भारततिर अनावश्यक रुपमा जाने र नाकामा रमिता हेर्न आउनेलाई नाकामा परिचालित सुरक्षाकर्मीले फर्काएर पठाउने गरेका छन ।