जनता टाइम्स

९ चैत्र २०७६, आईतवार १६:०२

नेकपाले दियो क्वारेनटायनका लागि पार्टी कार्यालय


बुटवल, चैत्र ९

नेपाल कम्युनिष्ट पार्टी नेकपा बाँकेले कोरोना भाईरस रोकथामका लागि आफ्नो पार्टी कार्यालय क्वारेनटायनका लागि उपलब्ध गराउने भएको छ । आज बसेको नेकपा बाँकेको बैठकले कोरोना माहामारी नियन्त्रणका लागि नेपालगन्ज स्थित जिल्ला पार्टी कार्यालय र कोहलपुर स्थित क्षेत्रीय पार्टी कार्यालयको भवन क्वारेनटायनका लागि दिने निर्णय गरेको हो ।

बैठकले ५ बुँदे निर्णय गर्दै कोरना महामारिका कारण पार्टी तथा जनसंगठनका सम्पुर्ण कार्यक्रम चैत्र २१ गतेसम्म स्थगित गर्ने, कोरोनाको प्रभाव नियन्त्रणकालागि आवश्यक आर्थिक लगाएत अत्यावश्यक सामग्री तत्काल ब्यवस्था गर्न केन्द्रीय र प्रदेश सरकारलाई अनुरोध गर्ने, स्वयं सेवाका रुपमा युवा संघ तथा अनेरास्ववियुलाई परीचालन गर्ने तथा सरकारका निर्णयहरूलाई कडाईका साथ पालन गर्न सम्पुर्ण संघ संस्था र आम नागरिकलाई आग्रह गर्ने निर्णय गरीएको नेकपा बाँकेका अध्यक्ष आईपी खरेलले जानकारी दिनुभयो ।

नेपाल भारत सिमा जोडिएका कारण बांके जोखिमयुक्त जिल्ला मानीन्छ । सरकारले सिमामा कडाई गरेको बताएपनि जमुनाहा नाका हुंदै भारतबाट हरेक दिन ठूलो संख्यामा नेपालीहरु नेपाल भित्रिरहेकाछन् ।