जनता टाइम्स

१० चैत्र २०७६, सोमबार १०:००

प्रदेश–१ का मन्त्री कार्कीको आव्हान : क्वारेन्टाइनमा बस्न इच्छुकले फोन गर्नुहोस्


विराटनगर, चैत १९

प्रदेश–१ आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले क्वारेन्टाइनमा बस्न इच्छुकले प्रदेश सरकारसँग सम्पर्क गर्न आग्रह गर्नुभएको छ । उहाले कोरोना भाइरसको सक्रमण फैलिन सक्ने भएकाले सुरक्षित तरिकाले आ–आफ्नो स्थानमा बस्न समेत आग्रह गर्नुभएको छ ।

उहाले क्वारेन्टाइनमा बस्न चाहानेले प्रदेश सरकारको ०२१–४७०५०० मा सम्पर्क गर्न भन्नुभएको छ । ‘सेल्फ क्वारेन्टाइन बसौ सुरक्षित होऔं । यदि क्वारेन्टाइन बस्न चाहनु हुन्छ भने प्रदेश सरकार लाई ०२१–४७०५०० मा सम्पर्क गर्नु होस’, उहाको भनाई छ ।

प्रदेश सरकार र नेपाली सेनाको मोरङको सूर्यदल गण थलहाद्वारा मोरङको मिक्लाजुङ गाउँपालिका–४ को टाँडीमा रहेको नेपाली सेनाको ब्यारेकभित्र एक सय पालभित्र दुई श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ । यसैगरी अन्य स्थानमा पनि निर्माणको काम चलिरहेको छ ।