जनता टाइम्स

१० चैत्र २०७६, सोमबार ११:११

सांसद गगन थापाले सरकारी कोषमा १ महिनाको तलब जम्मा गर्न सांसदसग गर्नुभयो अपिल


काठमाडौं, चैत १०

नेपाली कांग्रेसका नेता एंव पूर्वस्वास्थ्य मन्त्री गगन थापाले सरकारले स्थापना गरेको कोरोना कोषमा एक महिनाको तलब जम्मा गर्न अपिल गर्नुभएको छ । आइतवार बसेको मन्त्रिपरीषद्को बैठकले ५० करोड रुपैयाँ राखेर कोष स्थापना गरेको थियो ।

सो कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने निर्णयसमेत भएको थियो । सांसद थापाले पनि सो कोषमा रकम जम्मा गर्न र विपद्मा स्रोत जुटाउन सरकारको साथमा छौं भनेर आश्वस्त पार्न आग्रह गर्नुभएको हो । ‘सरकारको कोरोना कोषमा हामी प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गरौं । जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई आश्वस्त पारौँ’, उहाले सामाजिक सञ्जालमा लेख्नु भएको छ,‘संगैमा सरकारलेपनि यो विपदमा एकजना नागरिकलाई पनि अप्ठ्यारो पर्नदिने छैन भनेर आश्वस्त पारोस् ।’