जनता टाइम्स

१० चैत्र २०७६, सोमबार १३:२३

मौकामा चौका ! छोटो दूरीमा चलेका गाडीको मनलाग्दी भाडा


काठमाडौं, चैत १०

लामो दूरीका सार्वजनिक यातायातका साधन नचलाउन सरकारले आग्रह गरेपछि काठमाडौंस्थित नयाँ बसपार्कमा सुनसान भएको छ । काठमाडौं उपत्यका क्षेत्रमा सार्वजनिक यातायातका साधन चलेपछि न्यून मात्रामा चलेको देखिन्छ । तर, स्पष्ट सूचनाको अभावमा लामो दूरीको यात्रा गर्ने यात्रु भने बसपार्क पुगेका छन् ।

लामो दूरीका ठूला बस मात्रै होइनन् माइक्रो बस पनि धेरै न्यून मात्रामा चलेका छन् । यता, चलेका माइक्रो बसले पनि मनलाग्दी भाडा असुलेका छन् । काठमाडौंबाट काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप लगायतका जिल्लामा जाने ठूला बस पनि न्यून मात्रामा चल्दा माइक्रो बसले मनलाग्दी भाडा असुलेको गुनासो सर्वसाधारणले गरेका छन् ।