जनता टाइम्स

१० चैत्र २०७६, सोमबार १७:१०

कारोना राहत कोषमा प्रधानमन्त्री सचिवालय टीमले गर्यो सहयोगको घोषणा


काठमाडौं, चैत १० । सरकारले बनाएको कोभिड १९ विरुद्धको कोषमा प्रधामन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार बिष्णु रिमालसहित सचिवालयमा कार्यरत सदस्यले योगदान गर्ने हुनुभएको छ । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले ५० करोड रूपैयाँको कोष बनाउने निर्णय गरेको थियो। जसमा प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महीनाको पारिश्रमिक योगदान गर्ने निर्णय भएको थियो।

सोही कोषमा प्रधानमन्त्रीको सचिवालयमा कार्यरत रिमालसहित केही सदस्यले एक महीना र केही सदस्यले आधा महिनाको पारिश्रमिक उपलब्ध गराउने भएका हुन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार थापा, आर्थिक विकास मामिला सल्लाहकार लालशंकर घिमिरे, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी, स्वकीय सचिव राजेश बज्राचार्य र आइटी बिज्ञ अस्गर अलीले एक महीनाको पारिश्रमिक कोषमा जम्मा गर्ने जनाउनु भएको छ ।

यस्तै विकास पूर्वाधार विज्ञ इञ्जिनीयर गजेन्द्र थपलिया, सञ्चार विज्ञ रामशरण बजगाईँ र स्वकीय सहसचिव दिपेन्द्र दाहाल, होमबहादुर थापाले आधा महीनाको पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गर्नुभएको छ ।