जनता टाइम्स

१० चैत्र २०७६, सोमबार १७:४१

भक्तपुरको सल्लाघारीमा सवारी दुर्घटना, दर्जन बढी घाइते


काठमाडौं, चैत १०

भक्तपुरको सल्लाघारीमा एक भ्यानले मोटरसाइकलाई ठक्कर दिएपछि सडकमा पोखिएको मोबिलमा चिप्लिएर करिब १ दर्जन सवारीसाधन एक आपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा आधा दर्जन भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

सोमबार दिउँसो करिब ३ बजेतिर अरनीको राजमार्गअन्तर्गत भक्तपुरको सल्लाधारी चोक नजिक भएको सवारी दुर्घटनामा परी आधा दर्जन भन्दा बढी घाइते भएका छन् । सडकमा पोखिएको मोबिलमा चिप्लिएर अन्य गाडीहरु एक आपसमा ठोक्किन पुगेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।