जनता टाइम्स

१० चैत्र २०७६, सोमबार १९:३१

मंगलबार विहान ६ बजेबाट लकडाउन : घरबाट बाहिर निस्कन बन्देज (निर्णयको सूचीसहित)


काठमाडौं, चैत १०

सरकारले भोलि म‌ंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको हो ।

भोलि विहान ६ बजेबाट एक सातासम्म घरबाट बाहिर निस्कन रोक लगाएको हो । खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउने पाइने छैन ।

लक डाउनमा सबै हवाइसेवा बन्द हुनेछन् । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावत रोकिनेछ ।