जनता टाइम्स

११ चैत्र २०७६, मंगलवार १४:३७

कामनपावासीलाई मेयर शाक्यको अपिल : लकडाउनमा कुनै समस्या परे यी नम्बरमा फोन गर्नाेस (सूचीसहित)


काठमाडौं, चैत ११ । कोरोना भाइरसबिरुद्धको लकडाउनमा समस्या परे तत्कालै फोन गर्न काठमाडौं महानगरपालिकाले महानगरबासीलाई अपिल गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले आज महानगवासीका नाममा अपिल जारी गर्दै जुनसुकै समस्या आइपरे पनि फोन गर्न आह्वान गर्नुभएको हो ।

महानगरले आवश्यक सवै सेवा सुबिधा उपलब्ध गराउने भन्दै मेयर शाक्यले लकडाउनको सवैले स्वागत गरी घरभित्रै बस्न अपिल पनि गर्नुभएको छ । ‘विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई नेपालमा फैलिन नदिन नेपाल सरकारले चैत्र ११ गतेदेखि एक साताका लागि लकडाउन हुनेगरी दिएको निर्देशन स्वागतयोग्य छ,’ मेयर शाक्यले भन्नुभएको छ, ‘कोरोना भाइरसको महामारीबाट नागरिकलाई जोगाउन सरकारले जारी गरेको उक्त निर्देशनलाई पालना गरी सो अवधिभर सम्पूर्ण महानगरवासीहरू सुरक्षित र संयमतापूर्वक आ–आफ्नै घरमा बसी महामारी विरुद्धको अभियानलाई सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछु ।’

आफू, आफ्ना प्रिय परिवार र आफ्नो टोल छिमेकलाई समेत कोरोना भाइरसको संक्रमणबाट टाढा राख्न संसारभरि नै अहिले ‘लकडाउन’ नीतिलाई अख्तियार गरिएको सर्वविदितै रहेको भन्दै मेयर शाक्यले यसलाई आत्मसात गर्न आग्रह गर्नुभएको छ । उहााले लकडाउनको अवधीमा सर्वसाधारण नागरिकलाई आवश्यक पर्ने औषधी र खाद्यान्नको अभाव हुन नदिई सुलभ तरिकाले बिक्री वितरण गरिदिनु हुन सम्बद्ध व्यवसायीहरूलाई पनि हार्दिक अनुरोध गर्नुभएको छ । ‘कोरोना संक्रमणको आशंका भएमा तत्काल अस्पतालसम्म लैजाने व्यवस्थाका लागि काठमाडौँ महानगरपालिकाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा (१०२) लाई जनशक्ति र सामग्रीसहित तयारी अवस्थामा राखिएको छ ।

काठमाडौँ महानगरको टोलफ्रि नम्बर ११८० लाई २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ । कोरोना संक्रमणको आशंका भएमा काठमाडौँ महानगरपालिकाको टोलफ्रि नम्बर ११८० तथा अन्य सिधा सम्पर्क नम्बरहरु ९८४९८६०५४७, ९८४९८५६६७१, ९८४९८५६६७२ मा खवर दिने चतथा सूचना दिने व्यवस्था समेत मिलाइएको छ,’ मेयर शाक्यले भन्नुभएको छ । उहाँका अनुसार दैनिक उपभोग्य बस्तु र औषधिजन्य बस्तुको सहज उपलब्धतासँगै कालो बजारीलाई नियन्त्रण गर्न उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)को नेतृत्वमा गठित अनुगमन तथा सुपरीवक्षेण समितिलाई तिव्र पारिएको छ । लकडाउन अवधिमा कुनै पनि नगरवासीलाई केही समस्या आइपरे सहयोगका लागि आफ्ना जनप्रतिनिधिहरूलाई सीधा सम्पर्क गर्न सक्ने ब्यवस्था मिलाइएको छ ।

यस्तो छ मेयर शाक्यको अपिल

काठमाडौँ महानगवासीहरुमा हार्दिक अपिल
विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई नेपालमा फैलिन नदिन नेपाल सरकारले चैत्र ११ गतेदेखि एक साताका लागि लकडाउन हुनेगरी दिएको निर्देशन स्वागतयोग्य छ ।

कोरोना भाइरसको महामारीबाट नागरिकलाई जोगाउन सरकारले जारी गरेको उक्त निर्देशनलाई पालना गरी सो अवधिभर सम्पूर्ण महानगरवासीहरू सुरक्षित र संयमतापूर्वक आ–आफ्नै घरमा बसी महामारी विरुद्धको अभियानलाई सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछु । आफू, आफ्ना प्रिय परिवार र आफ्नो टोल छिमेकलाई समेत कोरोना भाइरसको संक्रमणबाट टाढा राख्न संसारभरि नै अहिले ‘लकडाउन’ नीतिलाई अख्तियार गरिएको सर्वविदितै छ । यसै सन्दर्भमा सर्वसाधारण नागरिकलाई आवश्यक पर्ने औषधी र खाद्यान्नको अभाव हुन नदिई सुलभ तरिकाले बिक्री वितरण गरिदिनु हुन सम्बद्ध व्यवसायीहरूलाई पनि हार्दिक अनुरोध गर्दछु ।

कोरोना संक्रमणको आशंका भएमा तत्काल अस्पतालसम्म लैजाने व्यवस्थाका लागि काठमाडौँ महानगरपालिकाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा (१०२)लाई जनशक्ति र सामग्रीसहित तयारी अवस्थामा राखिएको छ । काठमाडौँ महानगरको टोलफ्रि नम्बर ११८० लाई २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ । कोरोना संक्रमणको आशंका भएमा काठमाडौँ महानगरपालिकाको टोलफ्रि नम्बर ११८०
तथा अन्य सिधा सम्पर्क नम्बरहरु ९८४९८६०५४७, ९८४९८५६६७१, ९८४९८५६६७२ मा खवर दिने चतथा सूचना दिने व्यवस्था समेत मिलाइएको छ ।

दैनिक उपभोग्य बस्तु र औषधिजन्य बस्तुको सहज उपलब्धतासँगै कालो बजारीलाई नियन्त्रण गर्न उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)को नेतृत्वमा गठित अनुगमन तथा सुपरीवक्षेण समितिलाई तिव्र पारिएको छ । लकडाउन अवधिमा कुनै पनि नगरवासीलाई केही समस्या आइपरे सहयोगका लागि आफ्ना जनप्रतिनिधिहरूलाई सीधा सम्पर्क गर्न सक्नुहुनेछ । यसका लागि महानगरका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा सबै जनप्रतिनिधिहरूको निम्न फोन नम्बरहरू खुला रहने जानकारी अवगत गराउन चाहन्छु ।
प्रमुख÷उपप्रमुखहरू :
विद्यासुन्दर शाक्य – प्रमुख – ९८५१२७९९००
हरिप्रभा खड्गी श्रेष्ठ – उपप्रमुख – ९८५१२७९८९९
राजेश्वर ज्ञवाली– निमित्त प्रमुख प्रशासकीय अधिकृत–९८५१२१०७४२

वडा अध्यक्षहरू
१) भरतलाल श्रेष्ठ – ९८५१२७९९०१
२) राजेन्द्रकुमार श्रेष्ठ – ९८५१२७९९०२
३) दिपक के.सी. – ९८५१२७९९०३
४) मोहन बिष्ट – ९८५१२७९९०४
५) रमेश डंगोल – ९८५१२७९९०५
६) दिपेन्द्र लामा – ९८५१२७९९०६
७) शुद्ध डंगोल – ९८५१२७९९०७
८) दिनेशकुमार डंगोल – ९८५१२७९९०८
९) रामकृष्ण जयखु श्रेष्ठ – ९८५१२७९९०९
१०) रामकुमार के.सी. – ९८५१२७९९१०
११) हिरालाल तण्डुकार – ९८५१२७९९११
१२) विकास डंगोल – ९८५१२७९९१२
१३) ध्रुवनारायण मानन्धर – ९८५१२७९९१३
१४) शोभा सापकोटा – ९८५१२७९९१४
१५) इश्वरमान डंगोल – ९८५१२७९९१५
१६) मुकुन्द रिजाल – ९८५१२७९९१६
१७) नवीन मानन्धर – ९८५१२७९९१७
१८) न्हुछेकाजी महर्जन – ९८५१२७९९१८
१९) शशिलाल श्रेष्ठ – ९८५१२७९९१९
२०) राजेन्द्र मानन्धर – ९८५१२७९९२०
२१) उदयचुडामणि वज्राचार्य – ९८५१२७९९२१
२२) चिनीकाजी महर्जन – ९८५१२७९९२२
२३) मचाराजा महर्जन – ९८५१२७९९२३
२४) बालकृष्ण श्रेष्ठ – ९८५१२७९९२४
२५) नीलकाजी शाक्य – ९८५१२७९९२५
२६) ख्यामराज तिवारी – ९८५१२७९९२६
२७) चिनियामान वज्राचार्य – ९८५१२७९९२७
२८) भाइराम खड्गी – ९८५१२७९९२८
२९) कुश ढकाल – ९८५१२७९९२९
३०) दलबहादुर कार्की – ९८५१२७९९३०
३१) नारायणप्रसाद भण्डारी – ९८५१२७९९३१
३२) नवराज पराजुली – ९८५१२७९९३२

कार्यपालिका सदस्यहरू ः
लक्ष्मी श्रेष्ठ – ९८५१२७९९५१
रमिताकमल स्थापित – ९८५१२७९९५२
रश्मी खड्का – ९८५१२७९९५३
कान्ता अधिकारी गौतम – ९८५१२७९९५४
हिरादेवी पोखरेल – ९८५१२७९९५५
पासाङ नूर्वु लामा – ९८५१२७९९५६
दिपक गोर्खाली राई – ९८५१२७९९५७
प्रेम पोडे पुजारी – ९८५१२७९९५८

विद्यासुन्दर शाक्य
प्रमुख,
काठमाडौं महानगरपालिका