काठमाडौं, चैत ११
सरकारले दक्षिणी सिमा नाकामा अलपत्र परेका नेपालीलाई आज अन्तिम पटक नेपाल प्रवेश गर्न दिने भएको छ । तर, उनिहरुले अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ ।
कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले नेपाली भएको प्रमाणपत्र हुनेलाई मात्र प्रवेश गर्न दिने निर्णय गरेको हो । बुधबारदेखि भने कसैलाई पनि प्रवेश नदिइन सरकारले बताएको छ । नेपाली नागरिकको प्रमाण र स्वास्थ्य परीक्षणपछि उनीहरुलाई नेपाल प्रवेश गराइने सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले बैठकपछि जानकारी दिनुभयो ।
उहाका अनुसार फर्किएकाहरुलाई क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउन सम्वन्धित प्रदेश र स्थानीय सरकारलाई मिलाउन समितिले निर्देशन दिएको छ । यसैगरी, स्वास्थ्य सामाग्री सरकारी स्तरबाट ल्याउन केही ढिला हुने भएकाले निजी क्षेत्रले चाडो ल्याउन सके त्यो व्यवस्था गर्ने भएको छ । छिटो र पारदर्शी ढंगले ल्याउन चाहाने निजी क्षेत्रलाई सरकारले हवाई सेवा उपलब्ध गराउने निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्