जनता टाइम्स

११ चैत्र २०७६, मंगलवार १७:४७

मकै भटमास खाँदै कोरोनाविरुद्ध योजना बनाउदै उपप्रधानमन्त्री पोखरेल


काठमाडौं, चैत ११

विश्वभर त्रास फैलाएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्न सरकार अहिले अहोरात्र लागि परेको छ । अधिकाशं नागरिकले सरकारको साथ दिएका छन् । सोही अनुसार सरकारले पनि दिन दिनै नयाँ नयाँ योजना बनाईरहेको छ । सो योजना बनाउने जिम्मा पाएको छ, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड(१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले ।

मंगलबारबाट एक साताका लागि समितिले ‘लकडाउन’ गरेको छ । बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म लकडाउन गरी मुलुकभरका अत्यावश्यकबाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गरिएको हो । यो अवस्थामा मुलुकको मुख्य प्रशासनीक केन्द्र सिहदरवारमा केही मन्त्रीहरु दैनिक कार्यरत हुनुहन्छ । त्यसमध्ये पोखरेल मुख्य हुनुहुन्छ । उहाकै काधमा यो जिम्मेवारी दिइएको छ । त्यसैले उहा विहान उठ्ने वित्तिकैदेखी साँझसम्म काममा खटिरहनु भएको छ ।

मन्त्री भन्ने वित्तिकै उच्च ओहोदा सम्झे पनि उहा अहिले देशबासीमा संक्रमण नफैलियोस् भनेर मकै भटमास खादै काममा व्यवस्थ हुनुहुन्छ । उहाको मन्त्रालय बाहिर पाल टागेर केही कुर्सीहरु राखिएका छन् । जहा एक कुर्सी अर्को कुर्सीसँग तीन फिटको दुरीमा राखिएका छन् । उहाले अत्यावश्यक सम्पूर्ण भेटघाट पनि सोही ठाउमा गर्नुहुन्छ ।

यस्ता छन् मंगलबार बसेको समितिका निर्णय