जनता टाइम्स

१२ चैत्र २०७६, बुधबार ०८:३६

विश्वभर कोरोनाभाइरसका कारण २० हजारजनाको मृत्यु , लाख २१ हजार ४ सय १३ जनामा संक्रमण


कोरोना भाइरस (कोभिड–१९) पहिलो पटक देखिए यताको तीन महिनामा यसले करिब १९ हजारको ज्यान लिइसकेको छ। यही अवधिमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ४ लाख २१ हजारभन्दा बढी पुगेको छ।

कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानी उहानमा देखिएको थियो। पछिल्लो तथ्याङ्कअनुसार त्यसयताको तीन महिनाको अवधिमा विश्वका १ सय ९७ देश तथा भूभागमा यो भाइरस फैलिएको छ।

वल्डोमिटर्सको पछिल्लो तथ्याङक अनुसार हालसम्म ४ लाख २१ हजार ४ सय १३ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ, जसमध्ये १८ हजार ८ सय १० जनाको मृत्यु भइसकेको छ। संक्रमितमध्ये १ लाख ८ हजार ३ सय ८८ जना उपचार पश्चात निकोभइ अस्पतालबाट घर फर्किएका छन्। विश्वभर कोरोनाभाइरसका कारण २० हजारजनाको मृत्यु भएको बीबीसीले जनाएको छ । जोन हापकिङ्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले तयार पारेको रिपोर्टमा २० हजारजनाको मृत्यु भएको उल्लेख छ ।

विश्वका यी दश देश छन् जहाँ कोरोनाभाइरसको असर बढी परेको छ ।

त्यसमध्ये पहिलोमा इटली रहेको छ भने दोस्रोमा चीन रहेको छ । चीनको हुबेइ प्रान्तमा यसको असर बढी परेको छ ।

इटलीमा अहिलेसम्म ६ हजार ८२० जनाको मृत्यु भएको छ भने चीनमा ३ हजार १६० जनाको मृत्यु भएको छ । स्पेनमा २ हजार ८०८ जनाको मृत्यु भएको छ ।

त्यसैगरी इरानमा १ हजार ९३४ जना, फ्रान्समा १ हजार १ सय जना, अमेरिकामा ७७५ जना, बेलायतमा ४२२ जनाको मृत्यु भएको छ । त्यसैगरी नेदरल्यान्ड्समा २७६ जना, जर्मनीमा १५७ जना र बेल्जियममा १२२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

विश्वभर कम्तिमा पनि चारलाख जनालाई यो संक्रमण देखिएको छ । बीबीसीमा प्रकाशित समाचारअनुसार अहिलेसम्म चार लाख २० हजार जना कोरोना संक्रमित छन् ।

कोरोना संक्रमित भने सबैभन्दा बढी चीनमा रहेका छन् । जहाँ ८१ हजार ५९१ जनाको संक्रमित छन् । इटलीमा ६९ हजार १७६ जना संक्रमित छन् भने अमेरिकामा ५३ हजार ७४० जना संक्रमित छन् ।